Home  
Janahit Voice

व्यवसाय विस्तारमा नेपाल ला‌इफ इन्स्योरेन्सको अग्रता

१७ चैत्र २०७९, शुक्रबार

जीवन बीमा कम्पनीमध्ये सबैभन्दा धेरै बीमाशुल्क संकलन गर्ने कम्पनीमा नेपाल ला‌इफ परेको छ।
कम्पनीले फागुन मसान्तसम्ममा २४ अर्ब ३७ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ। गत वर्ष सोही अवधिमा कम्पनीले २३ अर्ब ९३ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको थियो।

यस्तै, महालक्ष्मी ला‌इफ इन्स्योरेन्सले १ अर्ब १ करोड, कर्पोरेसन एल‌आ‌इसीले११ अर्ब ४९ करोड ७७ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरको छ।

साथै, नेशनल ला‌इफले १० अर्ब २२ करोड १९ लाख, राष्ट्रिय बीमा संस्थानले ६ अर्ब ७३ करोड ८७ लाख रुपैयाँ, सूर्यज्योति ला‌इफले ५ अर्ब ५१ करोड र यूनियन ला‌इफले ५ अर्ब १७ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन‌।

यस्तै, एशियन ला‌इफले ४ अर्ब ५९ करोड रुपैयाँ, सिटिजन ला‌इफले ३ अर्ब ५७ करोड, मेट ला‌इफले ३ अर्ब ३९ करोड, प्रा‌इम ला‌इफले २ अर्ब ९६ करोड र आ‌इ‌एम‌ई ला‌इफले २ अर्ब ६२ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन।

त्यसैगरी सन नेपाल ला‌इफले २ अर्ब ५८ करोड, रिलायबल नेपाल ला‌इफले २ अर्ब ३५ करोड, रिलायन्स ला‌इफले २ अर्ब ७ करोड, गुराँस ला‌इफले १ अर्ब ९८ करोड, सानिमा ला‌इफले १ अर्ब ६५ करोड र प्रभु ला‌इफले १ अर्ब ४० करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन्‌।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *