Home  
२१ श्रावण २०८०, आईतवार
पहिरोले घर पुरिँदा बाबु छोरीको मृत्यु, आमा घाइते
काठमाडौँ – काठमाडौँ तारकेश्वर नगरपालिकामा पहिरोले घर पुरिँदा २ जनाको मृत्यु भएको छ। तारकेश्वर नगरपालिका–५ मा शनिवार राति स्थानीय गणेश तामाङको घर पहिरोले पुर्दा तामाङ र उनकी छोरीको मृत्यु भएको प्रहरी वृत्त बालाजुले जनाएको छ।
प्रहरीका अनुसार शनिबार राति करिब ९ बजे माथिबाट खसेको पहिरोले ४१ वर्षीय गणेश तामाङ र उनकी १५ वर्षीया छोरी आसमा तामाङको मृत्यु भएको छ । सो घटनामा परी आमा सञ्जु तामाङ भने घाइते भएकी छिन् । उनको प्राथमिक उपचार गरिएको छ ।