Home  
Janahit Voice

न्यायाधीशका पिएसओको पेस्तोल चोरी गर्ने २ जना पक्राउ

२१ श्रावण २०८०, आईतवार

कठमाण्डौं – सर्वोच्च अदालतका न्यायाधीश नहकुल सुवेदीका पिएसओ सई प्रभाकर खड्काको पेस्तोल चोरी गरेको आरोपमा दुई जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा सिन्धुपाल्चोकका २१ वर्षीय बासुदेव थामी र सिन्धुलीका २७ वर्षीय मेगबहादुर तामाङ रहेका छन। उनिहरुलाई गत शुक्रबार  चोरी आरोपमा पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।

उनीहरूले कागेश्वरी मनोहरा नगरपालिका-१ गागलफेदीस्थित खड्काको घरमा गत असार ३० गते पेस्तोल चोरी गरेको आरोप छ।

प्रहरीले घटनाको अनुसन्धान अघि बढाएको बताएको छ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *