Home  
Janahit Voice

हले दमाईं हत्या आरोपमा भतिजा र भान्जा पक्राउ

२१ श्रावण २०८०, आईतवार

कञ्चनपुरको कृष्णपुर नगरपालिका– २ वाणी नवदुर्गा टोलका स्थानीय युवा कुवेर दमाईं (हले)को हत्याको आरोपमा प्रहरीले २ जनालाइ पक्राउ गरेको छ।

पक्राउ पर्नेहरुमा मृतका भतिजा नाता पर्ने २२ वर्षीय अजय दमाईं र भान्जा नाता पर्ने २८ वर्षीय हरिश दमाईं रहेका छन। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार १५ साउनमा हराएका भनिएका हलेको शव १८ साउन राति गाडिएको अवस्थामा फेला परेको थियो।

३५ वर्षीय हलेको आफन्तबाटै हत्या गरेर बण्डनदी किनारमा गाडिएको अवस्थामा शव फेला परेको थियो। हलेको भतिजा र भान्जाले मिलेर हत्या गरेको प्रहरीले जनाएको छ।

घटनास्थलबाट ५० मिटर पूर्वतर्फ मृतक हलेको चप्पल, चेक कमिज फेला परेको थियो। प्रहरीको प्रारम्भिक बयानका क्रममा अजय र हरिशले हलेको हत्या गरेको स्वीकारसमेत गरेका छन्।

पक्राउ परेका अजय र हरिश एकै गाउँका स्थानीय हुन्। उनीहरूले मदिरा सेवन गरेका थिए। सोही क्रमा राति ११ बजेतिर हलेसँग भतिजा अजय र भान्जा हरिशको घरायसी विवाद उत्पन्न भयो। अजय र हरिशले हलेमाथि कुटपिट र ढुंगा प्रहार गरे। उनको घटनास्थलमै मृत्यु भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ।

 

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *