Home  
Janahit Voice

कक्षा ११ का छात्रवृत्ति प्रवेश परीक्षामा ५ हजार १ सय ७२ विद्यार्थी सहभागी

२१ श्रावण २०८०, आईतवार

काठमाडौं – काठमाडौं महानगरले कक्षा ११ का लागि प्रदान गर्ने लागेको छात्रवृत्तिका लागि पाँच हजार एक सय ७२ विद्यार्थी परीक्षामा सहभागी भएका छन् । महानगरको शिक्षा विभागले शनिबार प्रवेश परीक्षा सम्पन्न गरेको हो ।

तीन हजार नौ सय १३ जना छात्र र दुई हजार एक सय चार छात्रा गरी ६ हजार १७ जनाले आवेदन दिएका आवेदकमध्ये तीन हजार चार सय छात्र र एक हजार सात सय ७२ जना छात्रा मात्रै परीक्षामा सहभागी भए । आठ सय ४५ जना गयल भएका छन् । आवेदकमध्ये चार हजार एक सय ५५ जना विज्ञान विषयका थिए ।

यीमध्ये तीन हजार सात सय १३ जनाले परीक्षा दिए । एक हजार चार सय ८४ जना व्यवस्थापन विषय आवेदकमध्ये एक हजार एक सय ८० जनाले परीक्षा दिएका छन् । दुई सय ४५ जना प्राविधिक विषयका आवेदकमध्ये एक सय ७६ जना, ८९ जना कानुन विषयका आवेदकमध्ये ६९ जना, १८ जना मानविकी विषयका आवेदकमध्ये १६ जना र २६ जना शिक्षा विषयका आवेदकमध्ये १८ जना परीक्षामा सामेल भएको शिक्षा विभागले जानकारी दिएको छ ।

१५ वटा केन्द्रमा परीक्षा सञ्चालन भएको थियो । परीक्षा सञ्चालन अनुगमनका लागि उपमेयर सुनीता डंगोल विभिन्न विद्यालयमा पुगेकी थिइन् । कक्षा १० को पाठ्यक्रममा आधारित अनिवार्य गणित, विज्ञान, अंग्रेजी विषयबाट ३०–३० प्रश्न र सामान्य ज्ञानबाट १० वटा प्रश्नका बहुवैकल्पिक उत्तर राखेर वस्तुगत परीक्षा (ओएमआर) लिइएको हो ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *