Home  
Janahit Voice

के लम्पी छाला रोग बाट संक्रमित गाईवस्तुको दुध उपभोग गर्न योग्य छ?

२२ श्रावण २०८०, सोमबार

चिना तिम्सीना, काठमाण्डौं

लम्पी छाला रोगको भाइरसले प्राय: गाई, भैंसी, मृग जस्ता चौपायाहरुलाई असर गर्ने गर्दछ। यो रोग एक भाईरल रोग हो र झिंगा, लामखुट्टे, जुका जस्ता रक्तपान गर्ने परिजीवि बाट सर्ने गर्दछ। यो रोग लागे पछि गाईवस्तुको छालामा गिर्खा-गांठा आई ज्वरो आउने गर्दछ। गाईवस्तुले समय मै उपचार पाएन भने उच्च ज्वरोले मृत्त्यु हुने गर्दछ।

भारतमा ४ बर्ष अघि २०१९ मा देखिएको लप्मी छाला रोग नेपालमा भने श्रावण १२, २०७७ मा प्रथम पटक गाईवस्तुमा देखिएको हो। हाल यो रोगले ५०औं हजार गाईवस्तु संक्रमित छ भने हजारौंको संख्यामा गाईवस्तुको मृत्यु भईसकेको छ। केन्द्रीय भेटेनरी प्रयोगशालाको अनुसार झण्डै १ करोड यो रोग विरुद्दको खोपको आवश्यकता रहेको जनाईएको छ।

लम्पी छाला रोग संक्रमण भाइरल रोग हो जुन लामखुट्टे, झिगां, जुका र खरानीको प्रत्यक्ष सम्पर्क बाट, साथै दुषित खाना र पानी बाट सर्ने गर्ने गर्दछ। यो रोग संक्रमित गाईवस्तु बाट मानिसमा भने सर्दैन।

यो रोग बाट संक्रमित गाईवस्तुमा उच्च ज्वरो आउने, दुध उत्पादनमा कमी, छालामा गांठाहरु देखापर्ने, भोक नलाग्ने, नाक आखां बाट पानी बग्ने जस्ता लक्ष्यणहरु देखा पर्दछन।

लम्पी छाला रोग बाट संक्रमित गाईवस्तुको दुध उपभोग गर्न हुन्छ?
संक्रमित गाईवस्तुले बेलैमा उपचार पाएमा निको हुन सक्छ, तर त्यस पछिको समयमा गाईवस्तुको दुध उत्पादन भाइरसको कारणले प्रभावित हुन सक्छ। यद्दपि, लम्पी छाला रोग एक गैर-जुनोटिक संक्रमण हो र संक्रमित गाईवस्तु बाट मानिसमा सर्दैन। ईकोनोमिक टाईम्समा प्रकाशित एक रिपोर्ट अनुसार “संक्रमित गाईवस्तुको दुध उपभोग गर्न सुरक्षित छ। उमालेपछि वा न उमाल्दा पनि दुधको गुणस्तरमा कुनै समस्या आउंदैन। तर, रोगको गम्भीरता र रोग प्रतिरोधात्त्मक क्षमताको आधारमा संक्रमित गाईवस्तुको दुध उत्पादनमा भने प्रभावित हुने गर्दछ।”

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *