Home  
Janahit Voice

काठमाडौं महानगर पानीको जारको अनुगमन गर्दै

२२ श्रावण २०८०, सोमबार

काठमाडौं – काठमाडौं महानगरपालिकाले पिउने पानीको जारको अनुगमन सुरु गरेको छ । कार्यालय, होटल, रेष्टुरेन्ट एवम् घरमा प्रयोग हुने पिउने पानीको जारबारे अनुमगन सुरु गरेको महानगरले जनाएको छ ।

पिउने पानीको लागि प्रयोग हुने जारमा उत्पादन मिति, उपभोग्य मिति, सिलप्याकको अवस्था, पानी राख्ने भाँडो टुटफुट, सफासुग्घरको अवस्था लगायतका बारेमा अनुगमन सुरु भएको महानगरले जनाएको छ ।

महानगरका अनुसार आइतबार त्रिपुरेश्वरको विभिन्न पसलहरुमा खानेपानी जारको अनुगमन भएको छ । अनुगमनको क्रममा माता वैष्णवदेवी फुड एण्ड वेभरेज कम्पनीको जार नष्ट गरेको बताइएको छ।

‘ती जारहरुमा उत्पादन एवम् उपभोग्य मिति नलेखिएको, बिर्कोबाट पानी चुहिएको अवस्थापछि  १०/१२ वटा जार नष्ट गरेका बताइएको छ।

महानगर प्रहरीका अनुसार माता वैष्णवदेवी फुड एण्ड वेभरेज कम्पनीले नै महानगरको कार्यालय सहित अन्य स्थानमा पानी सप्लाइ गर्दै आएको थियो ।

‘पानीको गुणस्तर भन्दा पनि आज हामीले जारको बाहिरी अवस्थाको बारेमा अनुगमन गरेको र भोलिदेखि गुणस्तर मापन सहित अनुगमन गर्ने तयारी रहेको महानगरले बताएको छ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *