Home  
Janahit Voice

सल्यानमा घाँस काट्न गएकी एक महिलाको बीभत्स हत्या

२२ श्रावण २०८०, सोमबार

सल्यान – सल्यानमा घाँस काट्न गएकी एक महिलाको बीभत्स हत्या भएको छ। हत्या हुनेमा शारदा नगरपालिका–१४ की ४५ वर्षीया प्रमिला गिरी रहेकी छिन।

उनि आइतबार बिहान घर नजिकै मकैबारीमा घाँस काट्न गएकी थिइन्।

खाना खाने बेला भइसक्दा पनि उनी नफर्किएपछि करिब १० बजे श्रीमान खड्गबहादुर गिरी मकैबारीतिर गए। मकैबारीमा प्रमिला ढलिरहेको देखे प्रमिला रगताम्मे थिइन्। घाँटीमा चोट थियो। प्रमिलाको बीभत्स अवस्था देखेर खड्गबहादुरले तत्कालै  प्रहरीलाई फोन गरेको बताइएको छ।

उक्त खबरपछि प्रहरी खटिएको जिल्ला प्रहरी कार्यालयका सल्यानले बताएको छ। प्रहरीका अनुसार प्रमिलाको घाँटी काटेर हत्या गरिएको छ।

घटनाको अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी दामोदर केसी सहितको टोली खटिएको थियो। अनुसन्धानको क्रममा प्रहरीले नजिकै हँसिया समेत फेला पारेको छ।

घटनाको प्रकृतिअनुसार कसैले रिसिइबी साँध्नका लागि हत्या गरेको अनुसन्धानमा संलग्न प्रहरी अधिकारीहरूको प्रारम्भिक निष्कर्ष छ। उनको हत्या नजिकका व्यक्तिले नै गरेको हुनुपर्ने प्रहरी बताउँछ।

प्रमिलाकी तीन जना छोरी छन्। दुई जनाको विवाह भइसकेको छ भने १५ वर्षीया कान्छी छोरी उनीहरूसँगै बस्छिन्। नजिकको आफन्तबाट सम्पत्तिको लालचका कारण प्रमिलाको हत्या भएको  हुनसक्ने केसीले बताए। उनको हत्या आरोपी को हुन् भन्ने डिएसपी केसीले खुलाएनन्।

‘प्रहरीले प्रमिलाको हत्यामा संलग्न व्यक्तिको पहिचान गरिसकेको छ,’ उनले भने, ‘आरोपित व्यक्ति हाल फरार छन् र खोजीका लागि प्रहरी परिचालन गरिएको छ।’

फरार व्यक्तिको हुलिया देश भरका प्रहरी कार्यालयहरूमा पत्राचार गरिएको हुँदा उम्किन नसक्ने उनले बताए। प्रमिलाको शव पोष्टमर्टका लागि जिल्ला अस्पताल खलंगामा पठाइएको प्रहरीले जानकारी दिएको छ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *