Home  
२२ श्रावण २०८०, सोमबार
सभामुख र शीर्ष तीन दलका नेताबीचको बैठक जारी
काठमाडौं- संसद्को गतिरोध अन्त्य गर्न सभामुख देवराज घिमिरेले आह्वान गरेको प्रमुख तीन दलका शीर्ष नेताहरूसहितको बैठक जारी छ ।
सभामुखको कार्यकक्ष सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, कांग्रेस सभापति शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष केपी शर्मा ओली र तीनै पार्टीका प्रमुख सचेतकहरूको छलफल सुरू भएको हो।
सदनको अवरोध हटाउन र संसदीय समितिका सभापतिको निर्वाचनबारे छलफल गर्न शीर्ष नेताहरूलाई बोलाएको सभामुख घिमिरेका प्रेस सल्लाहकार शेखर अधिकारीले जानकारी दिए।