Home  
Janahit Voice

प्याब्सन नेशनल प्याब्सन एंव हिसानको संयुक्त पत्रकार सम्मेलन

२३ श्रावण २०८०, मंगलवार

काठमाडौँ- प्रस्तावित विद्यालय शिक्षा ऐन २०८० को विधेयकप्रति निजी विद्यालय सञ्चालकहरूले आन्दोलनको घोषणा गरेका छन्। विधेयकमा समावेश गरिएका कतिपय विषयमा उनीहरूले असहमति जनाएका हुन्। प्यावसन, एनप्याब्सन र हिसानले संयुक्त रूपमा पत्रकार सम्मेलनको आयोजना गर्दै उनीहरूले आन्दोलनको घोषणा गरेका हुन्।

Janahit Voice

आन्दोलनका कार्यक्रम अन्तरगत साउन २८ गतेदेखि अनिश्चित कालीन विद्यालय बन्दको घोषणा गरेका छन्। प्याब्सनका अध्यक्ष डिके ढुङ्गानाले विद्यालय बन्दको घोषणा अघि नै सरकारले लिखित प्रतिवद्ता जनाउनुपर्ने बताए।

Janahit Voice

नेशनल प्याब्सनका अध्यक्ष पाण्डप हमाल, सह अध्यक्ष सुभाष न्यौपाने, हिसानका अध्यक्ष रमेश सिलवाल, निवर्तमान अध्यक्ष एंव प्रमुख सल्लाकार टिकाराम पुरी को उपस्थितिमा पत्रकार सम्मेलन गरिएको प्याब्सनका केन्द्रिय महासचिब आर बी कटुवालले बताउनुभयो।

Janahit Voice

२०८० सालको शिक्षा ऐन नै परिमार्जित गर्दै अहिले सम्म आइपुग्यो । २०४६ साल पछि सरकारी बिद्यालयमा स्तर खस्केकोले निजी बिद्यालयहरुलाइ प्रोत्साहन गरियो। २०५८ सालमा ३ वटा बिकल्प दिइयो, सहकारी, कम्पनी र गुठी । आफ्नो सम्पतिको सुनुस्चितताको निम्ति धेरै विद्यालयहरु कम्पनितर्फ लागे । २०८०शिक्षा ऐन मन्त्रीपरिषद बाट पास भईसकेको छ। त्यही शिक्षा ऐन मा असहमतीको (अमान्य ) बुदाहरुको जानकारी गराउन यो पत्रकार सम्मेलन गरिएको हो।

मस्यौदामा ५ वर्षभित्रमा शैक्षिक गुठीको रूपमा जानुपर्ने व्यवस्था गरेको छ। निजी विद्यालय सञ्चालकहरूले उक्त विषयमा गम्भीर आपत्ति जनाउदै आएका छन्।

 

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *