Home  
Janahit Voice

मकवानपुरमा पहिराले घर बगाउँदा १ जनाको मृत्यु, ६ जना बेपत्ता

२३ श्रावण २०८०, मंगलवार

मकवानपुर-मकवानपुरको बागमती गाउँपालिका-५ सिग्रे देभानमा पहिरोमा परेर एक जनाको मृत्यु भएको छ भने तीन बालबालिकासहित छ जना बेपत्ता भएका छन्।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार बागमती–५ सिग्रे देभानका अक्कलबहादुर स्याङतानको घर पहिराले पुरिएको हो। पहिरामा परी ज्यान गुमाउनेमा अक्कलबहादुरकी श्रीमती ५५ वर्षीया सन्तमाया स्याङतान रहेको प्रहरीले जनाएको छ।

अक्कलबहादुर, उनका छोरी शिला स्याङतान, ज्वाइँ जीवन पहरी,नाति चार वर्षीय मिलन पहरी, डेढ वर्षीया नातिनी दिव्या पहरी र पाहुना सिन्धुली हरिहरपुरका १६ वर्षीया पासाङ पहिरामा पुरिएर बेपत्ता भएको प्रहरीले जनाएको छ। घटनास्थलमा प्रहरी पुगेर उद्धारगरिरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले बताएको छ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *