Home  
Janahit Voice

बसको ठक्करबाट मोटरसाइकल चालक विश्वराजको मृत्यु

२४ श्रावण २०८०, बुधबार

दोलखा- बसले मोटरसाइकललाइ ठक्करदिदा मोटरसाइकल चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा भीमेश्वर नगरपालिका-३ का २३ वर्षीय विश्वराज श्रेष्ठ रहेका छन्।

मंगलबार दिउँसो साँढे १ बजे काठमाडौंबाट दोलखा आउँदै गरेको बा ३ ख ५३९३ नम्बरको बस र दोलखाबाट काठमाडौं जाँदै गरेको बागमती प्रदेश ३-०२-०१३ प ३५८६ नम्बरको मोटरसाइकल १६ किलोमा ठोक्किएका थिए।

दुर्घटनामा परी मोटरसाइकल चालक श्रेष्ठ गम्भीर घाइते भएका थिए। उनलाई घटनास्थलबाट उद्धार गरी उपचारका लागि बीएन्डबी अस्पताल पुर्‍याए लगत्तै चिकित्सकले मृत घोषणा गरेको प्रहरी कार्यालय बाह्रबिसेले जनाएको छ।

प्रहरीका अनुसार घटना लगत्तै मोटरसाइकललाई ठक्कर दिने बस र चालकलाई नियन्त्रणमा लिइएको छ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *