आज चैते दशैं मनाइदै
चैत १५ काठमाण्डौ आज चैते दशैं पर्ब मनाइदै छ। चैत शुल्क अष्टमिका दिन हरेक वर्ष नबदुर्गाको पूजा आराधाना गरि चैते दशैं मनाउने गरिन्छ। आज शक्ति पिठ एवं देबिका मन्दिर हरुमा पूजा गर्ने भक्तजनहरुको घुँइचो लाग्ने गर्छ। वसन्तिय नबरात्रिको आठौँ दिन धुमधामका साथ देशभर चैते दशै पर्ब मनाउने चलन छ। यो सारदिय नवरात्रपछि सबै भन्दा ठुलो दशैँ हो। संस्कृती विदहरुका अनुसार मध्यकालिन नेपालमा चार किसिमका सशैँ धुमधामका साथ मनाउने गरिन्थियो। यी दशैँहरुमध्ये अहिले प्रचलनमा बसन्तीय र शारदीय नबरात्र मात्र हुन। माघ शुल्कमा मनाइने शिशिर कालिन नबरात्र र अषाढ शुल्कमा मनाइने ग्रिष्मकालीन नबरात्र विलुप्तप्राय छ्न। यि सबै दशैँहरुको आ-आफ्नै विशेषता र महत्वो रहेका छ्न। यी सशैँहरुमा पूजा गरिने देविहरु एउटै भएपनि त्यसको विधि र प्रक्रिया भने भिन्दाभिन्दै रहेको संस्कृतिविद विनोदराज शर्मा बताउछ्न। विनोदराज शर्माको अनुसार राष्ट्रिय अभिलेखालयमा रहेका विभिन्न प्रमाणहरुको आधारमा मध्यकालमा चारवटै दशैँ धुमधामका साथ मनाउने गरिएको साहित्यिक प्रमाण पाउन सकिन्छ। शर्मा भन्छन राष्ट्रिय अभिलेखालयमा रहेका पुस्पिका वाक्यहरु शरदिय नबरात्र. ग्रिष्म कालिन नबरात्र र त्यस क्रममा भएका बिभिन्न गतिबिधिको उल्लेख पाइन्छ। यसले मध्यकालमा सर्बसाधरण्ले समेत धुमधामका साथ चारवटै दशैँ मनाउने गरेको पाइन्छ। अहिले पनि सात्विक पन्चवोलि मानेर कुभिन्डोलाइ राँगाको प्रतिक,बिमिरोलाइ वोकाको प्रतिक, उखुलाइ कुखुराको प्रतिक, अदुवालाइ हासको प्रतिक,र मुलालाइ भेँडाको प्रतिकको रुपमा देबि दुर्गालाइ चडाउने गरिन्छ। के के हुन्छ चार दशैँका भिन्नता ? मध्यकालमा मनाइने चारवोटा दशैँका विचमा ठूलो फरक नभएपनि त्यसको विधि र प्रक्रियामा भने केहि भिन्नता देखिन्छ। अहिले जस्तो वारमासे फलफुलको ब्यबस्था त्यति बेला थिएन जसका कारण सिजन अनुसारको फलफुलको प्रयोग गर्ने पूजा र वलि चढाउने विधि आदिमा पनि चारै दशैँमा भिन्नता थियो। मध्यकालमा वर्णाश्रम प्रचर प्रयोग भएकाले दशैँलाइ पनि भिन्नभिन्न वर्ण अनुसार फरकफरक विधिले मनाउने गरिएको थियो। शर्माका अनुसार असार महिनामा मनाइने नबरात्र विशेषगरि ब्राह्माणहरुले मौलिक बिधि अनुसार मनाउने गरिन्थियो। यसको अर्थ ब्राह्म्णले मात्र मनाउने द्शैं नभएर वलि दिने क्रममा ब्राह्मण बिधिबाट मनाउने गरिएको थियो। वलि सबै नबरात्रमा दिने गरिन्थियो।भने ब्राह्मणबिधि अर्थात असार महिनामा महाइने नबरात्रको वलिमा तरबारको प्रयोग गरिदैनथियो। चारैवोटा दशैँमा पुँजा भने नबदुर्गाकै गर्ने गरिन्छ। काल रात्रि पुँजा बाहेक अरु सबै पूजा दिउँसोमा हुनुको संकेत पनि यी सबै उज्यालोको संकेत हो भन्ने मानिन्छ।