Home  
Janahit Voice

सर्लाहीमा पुलमुनि एक जना पुरुषको टाउको भेटियो

२५ श्रावण २०८०, बिहीबार

जनकपुरधाम – सर्लाहीमा पुलमुनि एक जना पुरुषको टाउको काटिएको शव फेला परेको छ । पूर्व(पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको हरिवन नगपालिका वडा नं. ४, स्थित लखन्देखी पुलमुनि टाउको फेला परेको प्रहरीले जनाएको छ।

बिहीबार बिहान करिब साढे ७ बजे स्थानीयले घाँटीबाट छिनाएको टाउको देखेपछि प्रहरीमा खबर गरेका थिए । पुरुषको अहिले सनाखत हुन नसकेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार घटनास्थलको अवस्था हेर्दा युवकको हत्या भएको जस्तो देखिन्छ । पुरुषको सोही स्थानमा हत्या भएको अथवा अन्य ठाउँमा हत्या भएको र बाढीले टाउको बगेर आएको खुल्न सकेको छैन । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *