Home  
Janahit Voice

बालेनको डोजर कपनको साततलेमा पुगेपछि स्थानीय आन्दोलित

२५ श्रावण २०८०, बिहीबार

काठमाडौँ – काठमाडौँ महानगरपालिकाले बुढानीलकण्ठ र काठमाडौँ महानगरको सीमा क्षेत्रमा सात तले कपन क्षेत्रको खोलामाथि डोजर चलाएपछि विवाद भएको छ । खोलामाथि राखेको स्ल्याब हटाउन काठमाडौँ महानगरले डोजर चलाएपछि विवाद भएको हो ।

बुढानीलकण्ठ क्षेत्रमा महानगरले डोजर चलाएपछि स्थानीयले विरोध गरेको मेयर मिठाराम अधिकारीले जानकारी दिए ।

‘महानगरले बुढानीलकण्ठ क्षेत्रको सात तलेमा डोजर चलाएपछि विवाद भएको हो । स्थानीयले डोजर चलाउन अवरोध गरेका हुन् स्थानीयले विरोध गरेपछि अहिले डोजर भने चल्न सकेको छैन । ‘खहरे खोला खोलेर, छेउमा ढल बनाउनको लागि काठमाडौं महानगरले तयारीसहित अगाडि बढेपनि बुडानीलकण्ठ नगरपालिकाले सहमति नदिंदा डोजर नचलेको बताइएको छ।

स्ल्याब हटाउन गएको महानगरको नगर प्रहरी र स्थानीयबीच झडप समेत भएको स्थानीयले बताएका छन् । उक्त क्षेत्रमा सानो पानी पर्दा समेत डुबान हुने गरेको छ । खोलाको तलतर्फ ह्युम पाइप राखिएको छ । जसमा खोला साँघुरिएपछि सानो पानी पर्दासमेत आसपासका बासिन्दा डुबानको समस्या बेहोर्न बाध्य छन् ।

महानगरका मेयर बालेन्द्र साहले वडाध्य्क्ष विमलकुमार होडालाई खोलाको कल्भर्ट खोल्न बुधबार निर्देशन दिएका थिए। सोहीअनुसार नगर प्रहरी र डोजरसहित वडाको टोली कल्भर्ट खोल्न पुगेको वडाध्यक्ष होडाले बताए।

कपनस्थित खहरेखोला व्यवस्थापन नगर्दा काठमाडौं महानगरपालिका वडा ६ र ७ तथा बुनपा १० क्षेत्र बर्सेनि बस्ती डुबानमा पर्दै आइरहेको छ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *