Home  
Janahit Voice

काठमाडौंमा एक पुरूषमाथि खुकुरी प्रहार हुँदा गम्भिर घाइते

२५ श्रावण २०८०, बिहीबार

काठमाडौं – काठमाडौंमा एक जना पुरूषमाथि खुकुरी प्रहार भएको छ।

बुधबार साँझ साढे ५ बजे काठमाडौं महानगरपालिका-४ चण्डोल चोकमा एक जना पुरूषमाथि खुकुरी प्रहार भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।
प्रहरीका अनुसार त्यहाँ दुई पक्षबीच झगडा भएको थियो।

त्यसैबीच एक जनाले कैलाली, टीकापुरका चक्र शाहमाथि खुकुरी प्रहार गरेको प्रहरीको भनाइ छ। शाहमाथि खुकुरी प्रहार गरेपछि आक्रमण गर्ने पुरूष फरार भएका थिए।

शाहको टाउको र खुट्टामा चोट लागेको छ। उनको टिचिङ अस्पतालमा उपचार भइरहेको छ। उनी बोल्न नसक्ने अवस्थामा रहेको प्रहरीले जनाएको छ।

प्रहरीले यस प्रकरणमा संलग्न रहेको भन्दै कैलाली धनगढी बस्ने अन्दाजी २७ वर्षीय रविन गिरीलाई पनि नियन्त्रणमा लिएको छ।

प्रहरी वृत्त महाराजगन्जले घटनाको थप अनुसन्धान अघि बढाएको परिसरले जनाएको छ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *