काठमाडौबाट मारवाडी ब्यापारीहरू रातारात बेपत्ता
कठमाण्डौं – नेपालको अर्थतन्त्रलाई पूर्णतः कब्जामा लिन सफल मारवाडी ब्यापारीहरू मध्ये केही ब्यापारीहरू काठमाडौबाट रातारात सम्पर्क बिहिन भएका छन। ललिता निवास जग्गा प्रकरणमाथि कारवाहीको कानूनी प्रक्रिया सुरु भएपछि उनिहरू रातारात सम्पर्क बिहिन भएका हुन।
उक्त सरकारी जग्गा हात पार्नेहरूमा केही मारवाडी व्यापारी पनि रहेका बताइएको छ। सम्पर्क बिहिन हुनेहरूमा कैलाशचन्द्र गोयल, श्रवण गोयल (मीनबहादुर गुरुङको निकटस्थ मित्र एवम् सनराइज बैकका मालिक), गोविन्द सङ्घइ, डिम्पल बङ्शल, सज्जन कुमार चाचान, शिवरतन शारडा, निर्मलादेवी गोयल, मनोज केडीया, मनोज गोयल, देवाङ्शी गोयल र सन्दिप कुमार शारडा रहेका छन् ।
यी बाहेक सुनको कारोबारमा संलग्न रहेको आशङ्का गरिएका मोहन अग्रवाल र अकुडिया लगायतका मारवाडी ब्यापारीले पनि काठमाडौं छोडेको बुझिएको छ । हाल काठमाडौमा करिब बाइस हजार मारवाडी परिवारको बसोबास रहेको बताइन्छ र, तीमध्ये दस हजारले नेपाली नागरिकताको प्रमाणपत्र लिइसकेका छैनन् । मारवाडी व्यापारीमध्ये अधिकाङ्श दुई नम्बर धन्दामा रहेको अनुमान प्रहरीले गरेको छ ।
व्यापार गर्ने उद्देश्य देखाएर केही समयअघि नेपाल पसेका मारवाडीहरू पछिल्लो समय राजनीतितर्फ पनि सामेल हुन थालेका छन् । नेपालका पुराना मारवाडी ब्यापारीहरूमा केडीया (शङ्कर) समूह, गोल्छा समूह र खेतान समूहको नाम लिइन्छ । यीबाहेक अधिकाङ्श मारवाडीहरू बेग्लै निहित उद्देश्यले लिएर नेपालमा सक्रिय रहेको पाइएको छ ।