Home  
Janahit Voice

शैक्षिक प्रमाणपत्र कीर्ते गरेको कसुरमा सांसद शर्मा पक्राउ

२६ श्रावण २०८०, शुक्रबार

काठमाण्डौं- कांग्रेस सांसद सुनीलकुमार शर्मा शैक्षिक प्रमाणपत्र कीर्ते गरेको कसुरमा पक्राउ परेका छन। अनुसन्धानका लागि पक्राउ परेका उनि बिहीबार अपराह्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) कार्यालयको झ्यालमा देखा परेका छन।

सिआइबीको टोलीले उनलाई बिहिबार दिउँसो साढे तीन बजे गोल्फुटारस्थित निवासबाट पक्राउ गरी ल्याएको थियो।

उनी पक्राउ परेपछि सिआइबी कार्यालयमा सञ्चारकर्मी र उनका समर्थकको घुइँचो थियो। उनीहरूतर्फ हेर्दै उनले हात हल्लाए। झ्यालबाट टाउको बाहिर निकालेर पनि उनले अभिवादन गरे।

मोरङ निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभामा प्रत्यक्ष निर्वाचित कांग्रेस सांसद सुनीलकुमार शर्मा अहिले प्रहरी हिरासतमा पुगेका छन्।

उनीमाथि शैक्षिक योग्यताको प्रमाणपत्र किर्ते गरेको कसुरमा प्रचलित कानुनअनुसार अनुसन्धान गर्नुपर्ने भएकोले पक्राउ गरिएको सिआइबीले बताएको।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *