Home  
Janahit Voice

आजदेखि प्राधिकरणले सिम्रिकका चार वटै हेलिकप्टर उडानमा लगायो रोक

२६ श्रावण २०८०, शुक्रबार

काठमाण्डौं-सिम्रिक एयरका हेलिकप्टरले आजदेखि उडान भर्न नपाउने भएको छ। बक्यौता रकम नतिरेका कारण नेपाल नागरिक उड्डयन प्राधिकरणले सिम्रिकका सबै हेलिकप्टरलाई उडानमा रोक लगाएको हो।

प्राधिकरणका अनुसार, प्राधिकरणको टोलीले गरेको वित्तीय अडिटबाट कमजोर वित्तीय अवस्था देखिएको र सिम्रिकले विमानस्थल सेवा शुल्कबापतको ४६ लाख ४३ हजार रकम बुझाउन बाँकी छ।

बक्यौता रकम तिर्न पटकपटक ताकेता गर्दा पनि अटेर गरेपछि उडानमा रोक लगाउनुपर्ने अवस्था आएको प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले जानकारी दिए। सिम्रिकले हाल ४ वटा हेलिकप्टरमार्फत उडान गर्दै आइरहेको छ।

सिम्रिकसँग अहिले २ वटा बेल र २ वटा एएस ३५० हेलिकप्टर रहेका छन् । अब कम्पनीले प्राधिकरणलाई तिर्न बाँकी ४६ लाख रुपैयाँ बक्यौता चुक्ता गरी आफ्नो वित्तीय अवस्थाबारे आस्वस्त पार्न सके मात्र उडानबारे पुनःर्विचार हुन सक्ने प्राधिकणको भनाइ छ ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *