Home  
Janahit Voice

प्रतिनिधिसभा बैठक एमालेको अवरोधका कारण स्थगित

२६ श्रावण २०८०, शुक्रबार

काठमाडौं- प्रमुख प्रतिपक्ष नेकपा एमालेको अवरोधपछि प्रतिनिधिसभा बैठक स्थगित भएको छ। दिउँसो १ बजे सुरू भएको बैठकमा नेकपा एमाले सांसदहरूले अवरोध जनाएपछि बैठक स्थगित भएको हो।

अब अर्को बैठक साउन २९ गते सोमबार दिउँसो १ बजे बस्ने बताइएको छ।

बैठक सुरू हुनेवित्तिकै सभामुख देवराज घिमिरेले सांसद ज्वाला कुमारी साहलाई बोल्न समय दिएका थिए। उनी बोलिरहँदा एमाले सांसदहरू सिटबाट उठेर अवरोध जनाएका थिए। एमालेका सांसदहरू उठेर विरोधमा उत्रिएपछि सत्तापक्षका सांसदहरु पनि आफूले बोल्न पाउनुपर्ने र बैठकका कामकारबाही अघि बढाउन माग गर्दै सिटबाट उठेका थिए।

सभामुख घिमिरेले बैठकका नियमित कामकारबाही अघि बढाउन सांसदसँग आग्रह गरेका थिए। सभामुखले संसद संचालनका लागि नियमको पालना गर्न आग्रह गरे । तर पनि एमाले सांसदहरूले सुन तस्करी प्रकरणको अनुसन्धानका लागि छानबिन समितिको माग गर्दै विरोध जनाइरहे। उनीहरूले सरकारविरुद्ध नाराबाजी गरे।

एमाले सांसदहरू वेल घेराउ गर्न अघि बढेपछि मर्यादापालकहरूले रोकेका थिए। पर्यादापालकहरूले अघि बढ्न नदिएपछि एमाले सांसदहरूले भ्रष्टचारीलाई कारबाही गर,सुन तस्करीलाई कारबाही गर भन्दै नाराबाजी गरे।

उनीहरूले आफ्नो अडान नछाडेपछि सभामुख घिमिरेले अवरोधका बीच सदन सुचारु गर्न नसक्ने भन्दै साउन २९ गते सोमबार दिउँसो १ बजेसम्मका लागि बैठक स्थगित गरेको जानकारी गराए।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *