Home  
Janahit Voice

नेविसंघको काठमाडौं जिल्ला अध्यक्षमा अंशुल केसी नियुक्त

२८ श्रावण २०८०, आईतवार

कठमाण्डौं -नेपाल विद्यार्थी संघ (नेविसंघ)को काठमाडौं जिल्ला अध्यक्षमा अंशुल केसी नियुक्त भएका छन् ।

संघका केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाले केसीलाई अध्यक्षमा नियुक्त गरेका हुन् ।नेपाल कमर्स क्याम्पस मीनभवन नेविसंघ नेता केसी कांग्रेस पूर्वमहामन्त्री प्रकाशमान सिंहनिकट छन्।

यसअघि मनिष डँगोल अध्यक्ष रहेकोमा उनलाई केन्द्रीय सदस्य मनोनित गरेपछि केसीलाई काठमाडौं अध्यक्ष बनाइएको हो ।

केसी प्रतिनिधि सभा निर्वाचनमा नेविसंघकातर्फबाट काठमाडौं क्षेत्र नं १ निर्वाचन परिचालन समितिका संयोजक थिए ।

नेविसंघका जिल्ला समितिहरूमा काठमाडौं जिल्ला समितिलाई सबैभन्दा बलियो मानिन्छ । नेपाल कमर्श क्याम्पस मिनभवनका नेविसंघ नेता केसी काठमाडौं जिल्लामा विद्यार्थी राजनीतिमा लोकप्रिय मानिन्छन् ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *