Home  
Janahit Voice

शिशुका लागि पाउडर फाइदाजनक छ कि छैन ?

२८ श्रावण २०८०, आईतवार

काठमाडौं – नुहाइसकेपछि नवजात शिशुलाई पाउडर लगाइदिने गरिन्छ । पाउडरले शिशुको छालालाई सुख्खा बनाउँछ । तर शिशुका लागि पाउडर फाइदाजनक छ कि छैन ? भन्नेमा भने धेरैको ध्यान पुगिरहेको हुँदैन ।

बालरोग विशेषज्ञ डा. हरु शिशुलाई पाउडर लगाइदिनु जरुरी नभएको बताउँछन् । ‘शिशुलाई पाउडर प्रयोग गर्दा पाउडर नै छालामा टाँसिएर बस्ने र झन् फोहोरी बनाउने डा.को भनाइ छ। जसले गर्दा बच्चामा छालाको समस्या र जलन हुने सम्भावना बढी हुन्छ ।’ तर यो प्रमाणित नै भने नभएको डा. बताउँछन् ।

अहिले गर्मी मौसममा नवजात शिशुमा पसिनाका कारण शरीरमा सानो खटिरा आएमा पाउडर लगाइदिने चलन छ । तर त्यस्तो भएमा बच्चालाई नुहाइदिने र सकेसम्म छाला सुख्खा राख्दा केही दिनमा नै निको हुने डा. बताउँछन् । तर जटिल अवस्था देखिएमा चिकित्सकलाई जाँच गराएर औषधिको प्रयोग गर्न सकिने डा.कोसुझाब छ।

पाउडर लगाइदिनुको साटो बच्चालाई समय-समयमा नुहाइदिने, सफा नरम कपडाले पुछिदिने गर्दा राम्रो हुने डा.बताउँछन् ।

अमेरिकन एकेडेमी अफ पेडियाट्रिक्सले गरेको अध्ययनले पनि बच्चालाई बेबी पाउडर आवश्यक नपर्ने देखाएको छ । अनुसन्धानले बेबी पाउडरले सास फेर्न समस्या र बच्चाहरूको फोक्सोमा क्षति पुर्‍याउन सक्ने देखाएको छ । शिशुले सास फेर्दा पाउडरको थोरै कण सासभित्र गएमा बच्चाको फोक्सोमा जलन गर्ने, श्वासप्रश्वाससम्बन्धी रोगको जोखिम हुने, सास फेर्न गाह्रो हुने देखाएको छ ।

यसबाहेक उच्च जोखिममा समयअगावै जन्मिएका बच्चा, जन्मजात हृदयरोग भएका बच्चा र बारम्बार श्वासप्रश्वाससम्बन्धी समस्या हुने विज्ञहरुले औंल्याएका छन् ।

कसरी प्रयोग गर्ने ?

सकेसम्म पाउडर नलगाउने, यदि लगाउनै परे सीधै बट्टाबाट लगाउनु हुँदैन । यसलाई हत्केलामा थोरै पाउडर लिएर र बच्चाको छालामा विस्तारै लगाउनुपर्छ । पाउडर लगाउँदा यसको बट्टा बच्चाबाट टाढा राख्नुपर्छ ।

बच्चाको अनुहारमा पाउडर प्रयोग गर्नुहुँदैन, किनकि यसले बच्चालाई सास फेर्न समस्या हुन सक्छ । यदि बच्चाले पाउडर सास फेर्छ भने यसले फोक्सोमा क्षति पुर्‍याउन सक्ने जोखिम हुन्छ ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *