Home  
Janahit Voice

पहिरोका कारण हेटौँडा-काठमाडौं छोटो दूरीका सबै सडक अवरुद्ध

२८ श्रावण २०८०, आईतवार

मकवानपुर – हेटौंडाबाट काठमाडौं जाने छोटो दुरीका सबै सडक पहिरोका कारण अवरुद्ध भएका छन् । गए रातिदेखि परेको अविरल वर्षाका कारण हेटौंडा-भैंसे-भीमफेदी सडकखण्ड पहिरोको कारण अवरुद्ध भएको हो ।

भीमफेदी– २ भैँसे बजारबाट दुई किलोमिटरको दूरी पहिरो खसेकाले सडक सञ्चालन अवरुद्ध भएको प्रहरीले जनाएको छ।

त्यस्तै, कुलेखानी-सिस्नेरी-काठमाडौं सडकखण्डमा पनि पहिरो खसेपछि अवरुद्ध भएको छ । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-३ भालुडाँडास्थित कुलेखानी सिस्नेरी काठमाडौं सडक खण्डमा पहिरो खस्दा बाटो अवरुद्ध भएको हो । त्यस्तै, त्रिभुवन राजपथको भीमफेदी-९ लामिडाँडा क्षेत्रमा खसेको पहिरोका कारण सडक अवरुद्ध भएको जनाइएको छ ।

अविरल वर्षा भइरहेकाले पहिरो हटाउन समस्या भइरहेको मकवानपुर ट्राफिक प्रहरी
ले बताएका छन।

त्यस्तै, कान्ति लोकपथ पनि बकैया गाउँपालिका-११ आँपचौरमा पहिरो खस्दा सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ । हेटौंडा-काठमाडौं जाने यात्रुलाई वैकल्पिक बाटो प्रयोग गर्न प्रहरीले आग्रह गरेको छ ।

भारी वर्षाका कारण हेटौंडा-४ हुँदै बग्ने कर्रा खोलामा आएको बाढी बस्तीमा पसेको छ । गर्दोही क्षेत्रमा रहेका केही घर डुबानमा परेको प्रहरीले जनाएको छ ।

खोलामा पानीको बहाव बढ्ने क्रममा रहेकाले उक्त क्षेत्रमा सुरक्षित स्थानमा जान प्रहरीले जानकारी गराएको छ ।

विगतमा पनि भारी वर्षातको बेला उक्त क्षेत्र डुब्दै आइरहेको छ ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *