Home  
Janahit Voice

रामनवमी मेला हलेसी खोटाङ

१६ चैत्र २०७९, बिहीबार

खोटाङको हलेसिमा रामनवमीको अबसरमा ठुलो मेला लागेको छ। हिन्दु, बौद्ध, र किराँत धार्मालम्बिको सङमस्थल हलेसीमा रामनवमीको अवसरमा १५ दिने मेला लागेको छ। हप्ता दिन अघि देखि शुरु भएको मेला भर्नको लगि नेपाल बाहेक छिमेकि देश भारत, चिन, भुटान, वङगलादेश, दक्षिणकोरिया लगायत राष्ट्रबाट हजारौँ दर्शनार्थी तथा भक्तजनहरु हलेसी आयका छ्न। मध्यपहाडि लोकमार्ग कालोपत्त्रे भएपछि अधिकांश दर्शनार्थी आफ्नै सवारी सधान लिएर आएका छ्न। मेला व्यवस्थित गर्न सुरक्षाकर्मिको टोलि समेत परिचालन गरिएको हलेसि बिकाश समितिका कर्यकारी निर्देशक समर बहादुर भुजेलले जानकारि दिए। हलेसी दर्शन गरि पूजाआजा गर्नाले मनोकांक्षा पूरा हुने जनविश्वास छ। हलेसि मन्दिर आसपासमा महादेव गुफा, बसाहा गुफा, शिवपार्वति थान, भैरब गुफा, धर्मद्वार, स्वर्गद्वार छ्न। हलेसी स्थित बसाहा गुफा, महादेब गुफाको ठिक पछाडिपट्टी पर्दछ। यहाँ रामनवमी ,शिबरात्रि, बालाचतुर्दशी, हरितालिका तिज लगाएतमा ठुलो मेला लाग्छ। यहाँ अपराँधिक घटना हुन नदिन सिसीक्यामरा जडान गरिएको छ। हलेसी चुताङनगरपालिका र इलाका प्रहरी कर्यलयको निगरानिमा रहने गरी सिसीक्यामरा जडान गरिएका हुन। उज्यालो हलेसी कर्यक्रम अन्तर्गत कोशि प्रदेश सरकार खानेपानि सिचाँइ तथा उर्जा मन्त्रालयको दश लाखको लागतमा मन्दिर परिसरका २६ ठाउँमा सौर्यबत्ति समेत जडान गरिएको छ। यसै बिच रामनवमिको अवसरमा बरहापोखरी ट्याके दिक्तेलको मझुवागढि रुपाकोट लगाएत ठाउँमा समेत ठुलो मेला लागेको छ। दिक्तेल, रुपाकोट, मझुवागढी, नगरपालिकाको बगरेभन्ज्याङ स्थित पेन टावर, लेखगाउँको साकेला गाउँपालिकाको तावाभन्ज्याङ लगाएत धार्मिक तथा पर्यटकिय स्थलमा आज आन्तरिक पर्यटकको उल्लेख्य उपस्थिति रहेको स्थानिय वासिन्दाले बताएका छन।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *