Home  
Janahit Voice

प्रतिनिधि सभा बैठक दिउँसो १ बजे बस्दै, यस्तो छ कार्यसूची

२९ श्रावण २०८०, सोमबार

काठमाण्डौं – संघीय संसदअन्तर्गत प्रतिनिधि सभाको बैठक बस्दैछ । बैठक दिउँसो १ बजेसंघीय संसद भवन नयाँ बानेश्वरमा बोलाइएको छ।

बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपति कार्यालयबाट प्राप्त कार्यभार तोकिएको र विधेयक प्रमाणीकरण सम्बन्धी पत्रहरूको व्यहोरा पढेर सुनाउने लगायत विभिन्न ८ कार्यसूची छ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको पटकपटकको अवरोधका संसद बैठक स्थगित हुँदै आएको छ । आज पनि एमालेले बैठक अवरुद्ध गर्ने सम्भावना छ ।

एक क्विन्टल सुन प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने माग गर्दै आएको एमालेले २३ गतेको बैठकमा गृहमन्त्रीले सम्बोधन गर्ने भएपछि अवरोध गरेको थिएन । तर, गृहमन्त्रीले सम्बोधन गर्दा उच्चस्तरीय छानबिन समिति गठन गर्ने आश्वासन नदिएपछि एमालेले तत्कालै संसद अवरुद्ध गरेको थियो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाहिरबाट राजश्व अनुसन्धान विभागले बरामद गरेको एक क्विन्टल सुन तस्करी प्रकरणमा माओवादीकै नेताहरूको संलग्नता रहेको भन्दै एमालेले १० साउनदेखि संसद चल्न दिएको छैन ।

आइतबार आयोजित पत्रकार सम्मेलनमा एमाले अध्यक्ष केपी शर्मा ओलीले उच्चस्तरीय समिति र गृहमन्त्रीको राजीनामा एमालेको अडान रहेको दोहोर्याएका थिए ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *