Home  
Janahit Voice

बाढीले मुस्ताङ कागवेनीको जनजिवन अस्तव्यस्त

२९ श्रावण २०८०, सोमबार

मुस्ताङ – मुस्ताङको कागबेनीमा बाढीले प्रहरी चौकीसहित १५ भन्दा बढी घर बगाएको छ। आइतबार साँझ कागबेनी गाउँमाथिको मुक्तिनाथ हुँदै झर्ने कागखोला पहिरोका कारण थुनिएपछि आएको बाढीले बितण्डा मच्चाएर ठूलो भौतिक क्षति भएको हो ।

मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका—४ कागबेनीमा अविरल वर्षासँगै आएको खोलाको बाढीले स्थानीयको घर, पसल, होटल, प्रहरी चौकी भवन, वडा कार्यालय लगायतका घर बगाएको मुस्ताङ जिल्ला प्रहरीले बताएको छ।

प्रहरीका अनुसार, प्रहरी, सुरक्षाकर्मी, जनप्रतिनिधि र सरोकारवालाहरु विहानैदेखि घटनास्थलमा परिचालन भएर उद्धार तथा क्षतिको विवरण संकलन गर्ने काम भइरहेको छ ।

प्रहरी चौकीको भवन बगाएपनि हातहतियारका सामान भने सुरक्षित ठाउँमा स्थानान्तरण गर्न सफल भएको प्रहरीले जनाएको छ । रातमा बाढी आएपछि भागदौड गरेर स्थानीयबासीले ज्यान जोगाउन सफल भएका छन। ठूलो भौतिक क्षति भएपनि मानवीय क्षति भने भएको छैन।

कागबेनीमै आएर कालीगण्डकीमा मिसिएको कागखोलामा आएको बाढीले पवित्र धार्मिक स्थल कागवेनीधाममा रहेका धर्मशाला, मन्दिर समेत बगाएको छ भने बाढीले कागबेनीमा रहेको एनएनबी बैंक रहेको घर, जनशान्ति माध्यमिक विद्यालयमा आशिंक क्षति पुर्‍याएको छ।

त्यसैगरि बाढीले कागबेनी गाउँभित्र रहेका अस्थायी काठेपुल र जोमसोम-कोरला जोड्ने निर्माण सम्पन्न हुने क्रममा रहेको पक्की पुल समेत बगाएको छ । पुल बगाएसँगै उपल्लो मुस्ताङको सिधा सवारी सम्पर्क विच्छेद भएको छ । बाढीले होटलमा पार्किङ गरी राखिएका दुईवटा गाडीसमेत बगाएको बताइएको छ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *