Home  
Janahit Voice

एमालेको अवरोधपछि प्रतिनिधिसभाको बैठक भदौ ३ सम्मका लागि स्थगित

२९ श्रावण २०८०, सोमबार

काठमाडौँ – प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको नाराबाजीपछि प्रतिनिधिसभा बैठक स्थगित भएको छ। सुन तस्करीका बारेमा छानबिन गर्न उच्च स्तरीय समिति गठनको माग गर्दै एमालेका सांसदहरुले उठेर नाराबाजी गरेपछि सभामुख देवराज घिमिरेले आइतबारसम्मका लागि संसद्‍ बैठक स्थगित भएको घोषणा गरे ।

सभामुख घिमिरेले शून्य समय सुरु भएको घोषणा गर्नासाथ प्रमुख प्रतिपक्षी दल एमालेका सांसदहरु सिटबाट उठेर नारावाजी सुरु गरेका थिए ।

त्यसबीचमा सभामुख घिमिरेले कांग्रेसका सांसद सुनिल शर्मा र एमालेका सांसद मानवीर राईलाई आफ्नो भनाइ राख्न समय दिएका थिए ।

शर्माले आफूलाई पक्राउ गरिएको विषय र त्यसको घटनाक्रमबारे जानकारी गराएका थिए । शर्माले आफूलाई पक्राउ पुर्जी समेत नदिएर पक्राउ गरिएको भन्दै सरकारको विरोध गरेका थिए ।

एमालेका सांसद मानवीर राईले पनि सरकारको विरोध गरेका थिए । सुन प्रकरणमा सरकारले उच्चस्तरीय छानबिन समिति नबनाएको भन्दै राईले विरोध जनाएका थिए ।

केही समयको नारावाजीपछि सभामुख घिमिरेले आइतबारसम्मका लागि बैठक स्थगित गरेका थिए । प्रतिपक्षी दल एमालेले सुन प्रकरणमा उच्चस्तरीय छानबिन समिति माग गर्दै बारम्बार संसद्‍ बैठक अवरुद्ध पार्दै आएको छ ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *