Home  
Janahit Voice

एसिया कप क्रिकेटका लागि नेपाली टोली घोषणा

२९ श्रावण २०८०, सोमबार

काठमाडौं- नेपाल क्रिकेट संघ क्यानले एसिया कप २०२३ का लागि नेपाली राष्ट्रिय टोली घोषणा गरेको छ । एसिया कपमा लागि क्यानले रोहित पौडेलको कप्तानीमा १७ सदस्यीय टोली घोषणा गरेको हो।

एसिया कप क्रिकेट अगष्ट ३१ बाट सुरु हुँदैछ ।

नेपाल भारत र पाकिस्तान रहेको समूह एमा छ । नेपालले पहिलो खेल पाकिस्तानसँग अगष्ट ३१ मा मुल्तानमा खेल्नेछ

एसिया कपअघि नेपाली टिमले पाकिस्तानमा एक साता तयारी गर्ने क्यानले जनाएको छ । जसमा नेपालले प्रशिक्षण गर्ने र केही अभ्यास खेल समेत खेल्ने तयारी छ ।

१७ सदस्यीय टोली

रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, सन्दीप लामिछाने, करण केसी, ललित राजबंशी, भीम सार्की , कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, गुल्सन झा, आरिफ शेख, आसिफ शेख, सोमपाल कामी, प्रतिस जिसी, किशोर महतो, सन्दिप जोरा, अर्जुन साउद, श्याम ढकाल रहेका छन।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *