Home  
Janahit Voice

मुगु जिप दुर्घटनामा मृत्यु हुने सबैको सनाखत

३० श्रावण २०८०, मंगलवार

काठमाण्डौं – मुगु जिल्लाको शोरु गाउँपालिकामा भएको जिप दुर्घटनामा मृत्यु हुने चारै जनाको सनाखत भएको छ। उनिहरु चारै जना हुम्लाका रहेका छन्। सोरुकोटबाट मुगु जाँदै गरेको ग१ज ७७६२ नम्बरको जिप सिपको पहिरा भन्ने ठाउँमा सोमबार साँझ दुर्घटनामा भएको थियो। मृत्यु हुनेमा चार जना हुम्लाकै भएको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ।

परहरीका अनुसार सो जिपमा चालकसहित ९ जना सवार रहेका थिए। मृत्यु हुनेमा सर्केगाड गाउँपालिका–२ रिपका राम परियार, सिमकोट गाउँपालिका–२ का प्रकाश बोहरा, ठेगाना स्पष्ट नभएका राम परियार, पिउस परियार भएको शोरु प्रहरी चौकीले सनाखत गरेको छ।

जिपमा सवार हुम्लाका पाँच जनामध्ये दुई जनाको घटनास्थलमै मृत्यु भएको हो भने दुई जनाको उपचारका क्रममा तारापानी आधारभूत स्वास्थ्यचौकीमा मृत्यु भएको छ। उक्त जिपमा चालकसहित ९ यात्रु रहेका बताइएको छ। जिप दुर्घटनाको कारणबारे अहिलेसम्म केही खुलेको छैन।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *