Home  
Janahit Voice

केशव स्थापितले नेकपाको केन्द्रीय कमिटीबाट बिदा लिए

३० श्रावण २०८०, मंगलवार

काठमाण्डौं – गत स्थानीय निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयरका प्रत्यासी केशव स्थापितले नेकपा (एमाले) को केन्द्रीय कमिटीबाट बिदा लिएका छन्।

उनी २०७९ वैशाखको स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयरका उम्मेदवार थिए।

२०५४ सालमा एमालेबाट काठमाडौं महानगरपालिकाको मेयर निर्वाचित भएका स्थापित पूर्वराजा ज्ञानेन्द्र शाहको प्रत्यक्ष शासनकालमा पुनः मेयरमै मनोनीत भएका थिए।

त्यसपछि एमाले छाडेर प्रजा परिषद् ब्युँताउन लागेका उनी एमाले विभाजन भएर बनेको अशोक राई नेतृत्वको संघीय समाजवादी पार्टीमा क्रियाशील भएका थिए। २०७० को दोस्रो संविधान सभा निर्वाचनमा काठमाडौं–६ बाट उम्मेदवार बनेका उनी पराजित भएका थिए।

तत्पश्चात् एमाले फर्किएर काठमाडौं ६ बाटै प्रदेश सभा सदस्य निर्वाचित भएका उनी बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्री बनेका थिए। पछि तत्कालीन मुख्यमन्त्री डोरमणि पौडेलसँग विवाद भएपछि मन्त्री पदबाट हटाइएका थिए।

स्थापितसहित सिरहाका प्रमोद यादवले पनि केन्द्रीय कमिटीबाट बिदा लिएको एमालेका एक नेताले जानकारी दिए।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *