Home  
Janahit Voice

मोरङको पथरीमा श्रीमानको कुटाइले श्रीमतीको मृत्यु

३० श्रावण २०८०, मंगलवार

विराटनगर- मोरङको पथरी शनिश्चरे नगरपालिका–५ मा पतिको कुटाइबाट पत्नीको मृत्यु भएको छ।

पथरीशनिश्चरे–५ जयनगर का ६४ वर्षीय हर्कजंग लिम्बूले कुटपिट गर्दा पत्नी ६३ वर्षीया कर्णमाया लिम्बूको मृत्यु भएको हो।

घरयासी विवादमा हर्कजंगले गत साउन २६ गते बिहान ११ः३० बजेतिर कर्णमायालाई कुटपिट गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।

प्रहरीका अनुसार कुटपिटबाट घाइते भएकी भएकी कर्णमायालाई उपचारका लागि विराटनगरको नोबेल शिक्षण अस्पताल ल्याइएको थियो। नोबेलले सोमबार रेफर गरेपछि परिवारका सदस्यले थप उपचारका लागि उर्लाबारीको मंगलबारेस्थित मदन भण्डारी अस्पताल एवं ट्रमा सेन्टर लगेका थिए। उपचारकै क्रममा राति १० बजेतिर मृत्यु भएको प्रहरीले बताएको छ ।

प्रहरीले पति–पत्नीबीचको घरयासी विवादका बारेमा खुलाएको छैन। घटनामा संलग्न हर्कजंगलाई इलाका प्रहरी कार्यालय पथरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ। उनीविरुद्ध कर्तव्य ज्यान मुद्दा चलाउन अदालतबाट म्याद थप गरेर अनुसन्धानको बाँकी प्रक्रिया अघि बढाइने भएको छ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *