Home  
Janahit Voice

रुसको पेट्रोल पम्पमा आगलागी हुँदा १२ जनाको मृत्यु,केही गम्भीर घाइते

३० श्रावण २०८०, मंगलवार

काठमाडौं- रुसमा एक पेट्रोल पम्पमा विष्फोटपछि आगलागी हुँदा १२ जनाको मृत्यु भएको छ भने केही गम्भीर घाइते घाइते भएका छन। रुसको दक्षिणी क्षेत्रमा पर्ने डागेस्तानको पेट्रोल पम्पमा विष्फोट भएको हो ।

केही बालबालिकासहित १२ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ । केही गम्भीर घाइतेहरुलाई उपचारका लागि अस्पताल भर्ना गरिएको बताइएको छ।

विष्फोटको कारण खुलेको छैन । स्थानीय सञ्चार माध्यमहरुले पेट्रोल पम्प नजिकै पार्किङ गरेको कारबाट आगलागी सुरु भएको पछि विष्फोट भएको जनाएका छन् ।

स्थानीय समयअनुसार राति ९ः४० बजेति सुरु भएको आगो नियन्त्रणमा लिन अग्नि नियन्त्रकहरुलाई तीन घण्टाभन्दा बढी समय लागेको थियो ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *