Home  
३० श्रावण २०८०, मंगलवार
१ क्विन्टल भनिएको सुनको तौल गालेपछि ६० किलो ७ सय १६ ग्राम
काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाहिरबाट बरामद गरिएको सुन नेपाल राष्ट्र बैंकको टक्सार महाशाखाले गालेको छ। महाशाखाले ब्रेक शुबाट सोमबार निकालिएको सुन मंगलबार गालेको हो।
ब्रेकसुबाट निकालेर गालेपछिको सुनको तौल ६० केजी सात सय १६ ग्राम भएको छ। नेपाल राष्ट्र बैंकको टक्सार महाशाखामा सरोकारवाला निकाय र सुरक्षा निकायका प्रतिनिधिको रोहवरमा गालिएको थियो।
यसअघि सुन गाल्नुअघि सोमबार ब्रेकसुबाट निकाल्दा सुनको प्रारम्भिक परिमाण ६० किलो सात सय ८९ ग्राम देखिएको थियो।
सुन गाल्दा थोरै मात्रै जर्ती निस्किएको छ। ७३ ग्राम जर्ती निस्किएको बताइएको छ।
गत ३ साउनमा त्रिभुवन विमानस्थलबाट तस्करी गरी भित्रिएको सुन राजस्व अनुसन्धान विभागको टोलीले सिनामंगलबाट बरामद गरेको थियो।