Home  
Janahit Voice

संसद खुलाउन सत्तारूढ दलहरू गम्भीर, प्रतिपक्षीसँग छलफल गर्ने

३१ श्रावण २०८०, बुधबार

काठमाण्डौं- प्रतिनिधिसभामा प्रमुख प्रतिपक्षी दलले गरिरहेको संसद अवरोध खुलाउनेबारे सत्तारूढ दलहरूबीच छलफल भएको छ।

लामो समयदेखि संसद अवरोध भएपछि सत्ता गठबन्धन दलका शीर्ष नेताहरू बुधबार बिहान छलफलमा जुटेका हुन्।

बुधवार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा नेताहरूले संसद्को गतिरोध खुलाउने विषयमा छलफल भएको हो ।

बैठकले संसद्को गतिरोध खुलाउन प्रमुख प्रतिपक्षी दल लगायत संसदमा प्रतिनिधित्व गर्ने दलहरूसँग संवादको प्रक्रियालाई तीव्रता दिने निर्णय गरेको छ ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल,उपप्रधानमन्त्रीहरू पूर्णबहादुर खड्का, नारायणकाजी श्रेष्ठ लगायतका नेताहरू सहभागी थिए।

त्रिभुवन विमानस्थलबाट बरामद भएको सुन प्रकरणमा उच्चस्तरीय छानबिन समितिको माग गर्दै एमाले लगातार संसद अवरोध गर्दै आइरहेको छ। सत्ता गठनबन्धले भने यस प्रकरणमा उच्चस्तरीय छानबिन समिति आवश्यक नरहेको निष्कर्ष निकालिसकेको छ।

सत्ता गठबन्धनको सोमबार बसेको बैठकले सुन प्रकरणमा सिआइबीले गरेको अनुसन्धान प्रभावित हुने भन्दै उच्चस्तरीय छानबिन समिति नबनाउने निर्णय गरेको थियो।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *