Home  
Janahit Voice

सार्वजनिक सवारी साधनको भाडा बढ्यो

३१ श्रावण २०८०, बुधबार

काठमाण्डौं – पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएसँगै अन्तर प्रदेश सार्वजनिक यातायातको भाडा समेत वृद्धि भएको छ । स्वचालित मूल्य प्रणालीका आधारमा बुधबारदेखि लागू हुने गरी यातायात व्यवस्था विभागले सार्वजनिक सवारीको भाडा वृद्धि गरेको हो ।

अन्तरप्रदेश चल्ने सवारीको भाडा ४.७० प्रतिशतले बढेको यातायात व्यवस्था विभागले जानकारी दिएको छ। यस्तै तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारीको भाडा ६.८३ प्रतिशतले वृद्धि गरिएको छ । अन्तरप्रदेश चल्ने सवारीको भाडादर समायोजन यातायात व्यवस्था विभागले नै गर्ने गर्छ।

सार्वजनिक यातायातको भाडा समायोजन गर्दा आधार मानिएको इन्धनको बजार मूल्य ५ प्रतिशतले थपघट भएमा सवारी भाडा दर पनि समायोजन हुने गर्छ।

काठमाडौं–काकटभिट्टाको नयाँ भाडादर १ हजार ७२५ कायम भएको छ। यसअघि त्यसरूटको सवारी भाडा १ हजार ६४८ थियो। काठमाडौं–कैलालीको अत्तरिया–डडेलधुरा हुँदै वैतडीसम्मको नयाँ भाडा २ हजार ६ सय २८ कायम भएको छ। यसअघि त्यस रुटको भाडादर २ हजार ५१० थियो।

काठमाडौं–अत्तरिया हुँदै बझाङको चैनपुरसम्मको भाडा ३ हजार १५ रूपैयाँ तोकिएको छ। यसअघि त्यस रूटमा २ हजार ८८० भाडादर थियो।

नेपाल आयल निगमले मंगलबार रातिदेखि लागू हुने गरी डिजेलको मूल्य प्रतिलिटर १४ रुपैयाँले वृद्धि गर्दै १६५.८३ रुपैयाँ पुर्‍याएको छ ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *