Home  
Janahit Voice

कञ्चनपुरमा सेप्टि ट्याङ्कीमा अड्किएर हात्तीको मृत्यु

३२ श्रावण २०८०, बिहीबार

धनगढी- कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा सेफ्टी ट्याङ्कीमा परेर गए राति जंगली हात्तीको मृत्यु भएको छ।

शुक्लाफाँटा नगरपालिका–७ स्थित वातावरण मध्यवर्ती सामुदायिक वन कार्यालय परिसरमा रहेको शौचालयको सेफ्टी ट्याङ्कीमा परेर एक जंगली हात्तीको मृत्यु भएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षणले जानकारी दिए ।

राति १२ बजेपछि जंगली हात्ती सेफ्टी ट्याङ्कीमा परेर मृत्यु भएको देखिएको संरक्षणले बताए। अहिले प्राविधिकसहितको टोली गएर घटनास्थलमा मुचुल्का सङ्कलन गर्ने काम भइरहेको छ।

जङ्गली हात्ती बथानमा आएको हुनसक्ने उल्लेख गरेका छन। मृत्यु भएको हात्ती एक्लै छुटेर त्यहाँ आएको हुनसक्ने बताउँदै विधि प्रक्रिया पुर्याएर हात्तीको दाहसंस्कार गरिने बताइएको छ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *