Home  
Janahit Voice

बागमती र कोशी प्रदेशका केही ठाउँमा भारी वर्षाको सम्भावना

३२ श्रावण २०८०, बिहीबार

काठमाडौं-मौसममा केही सुधार भए पनि आज देशका केही ठाउँमा भने भारी वर्षा हुने पूर्वानुमान गरिएको छ ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी र बागमती प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । २४ घण्टामा ५० भन्दा धेरै र १०० मिलिमिटरभन्दा कम पानी पर्नुलाई भारी वर्षा भएको मानिन्छ ।

बाँकी प्रदेशमा भने हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा नेपाल नजिकै रहे पनि जलवाष्पयुक्त वायु कमजोर बनेको कारण न्यूनचापीय रेखाको प्रभाव कम देखिएको महाशाखाले जनाएको छ ।

बिहान गण्डकी, कोशी, बागमती र कर्णाली प्रदेशका केही ठाउँमा तथा बाँकी प्रदेशका एक/दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा भएको छ । दिउँसो पनि केही ठाउँमा वर्षा जारी हुनेछ ।

आज राति कोशी, मधेस र गण्डकी प्रदेशको केहि स्थानहरूमा तथा बाँकी थोरै स्थानहरूमा चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै कोशी र गण्डकी प्रदेशका एक–दुई स्थानमा चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको छ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *