Home  
Janahit Voice

सरकारले आयोग नबनाएर एक क्विन्टल सुन ६० किलोमा झार्‍यो : केपी ओली

३२ श्रावण २०८०, बिहीबार

काठमाडौं- सुन तस्करीको छानबिन गर्न सरकारले उच्चस्तरीय आयोग नबनाएर १ क्विन्टल सुन ६० किलोमा झारेको आरोप केपी शर्मा ओलीले लगाएका छन् ।

नेकपा एमाले उद्योग वाणिज्य तथा आपूर्ति विभागले गरेको कार्यक्रममा बोल्दै ओलीले उच्चस्तरीय निष्पक्ष आयोग बन्न नदिँदा पक्राउ परेको सुन घट्दै गइरहेको आरोप लगाएका हुन।

‘सुन तस्करी प्रकरणमा निष्पक्ष छानबिन गर्ने आयोग बनाउन नदिएर सरकारले गरेको काम भनेको सय किलोबाट ६१ किलोमा झार्नु हो,’ उनले भने ।

निष्पक्ष आयोग नबनाएर सरकारले सुन तस्कर गरिरहेको अर्को आरोप पनि उनले लगाए । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूसँग सुन तस्करीको अनुसन्धानका लागि ६० दिन मागेको र आफूले ६० दिनसम्म सबै मिलाइसक्नुहुन्छ ? भन्ने प्रश्न गरेको ओलीले बताए ।

प्रधानमन्त्रीले सुन तस्करी लुकाउनका लागि ६० दिनको समय माग गरेको ओलीको आरोप छ

ब्रेक शुमा तस्करी गरेर ल्याउँदा र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय बाहिर बरामद सुन गालेर जोख्दा ६० किलो ७१६ ग्राम भएको छ ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *