Home  
Janahit Voice

कस्तो अवस्थामा सिलिन्डर पड्कने सम्भावना हुन्छ ?

३२ श्रावण २०८०, बिहीबार

काठमाण्डौं -खाना पकाउने ग्यास र सिलिन्डरको प्रयोग गर्दा उच्च सावधानी अपनाउनुपर्छ । सम्भावित जोखिमबाट जोगिन ग्यास भरिएको सिलिन्डरलाई घामपानी, धुलो र उच्च ताप आउने स्थानमा राख्न नहुने बताइएको छ।

नेपाल ग्यासले सिलिन्डर साधारण अवस्थामा नपड्किने पनि जनाएको छ । सिलिन्डर विस्फोट हुन विशेष परिस्थिति सिर्जना हुनुपर्छ ।

ग्यास अरू कारणबाट आगलागी भई बलिरहेको आगोको लप्कामा धेरै समयसम्म सिलिन्डर रहँदा तातिएर त्यसभित्र थेग्न नसक्ने चाप उत्पन्न हुन्छ, यस्तो अवस्थामा मात्र पड्कने सम्भावना हुन्छ ।

सिलिन्डर साधारण अवस्थामा पड्किँदैन । अन्य कारणबाट आगलागी भई जब सिलिन्डर बलिरहेको आगोको लप्कामा धेरै समयसम्म रहन्छ र सिलिन्डर तातिएर सिलिन्डरभित्र थेग्न नसक्ने चाप उत्पन्न हुन्छ, यस्तो अवस्थामा मात्र सिलिन्डर पड्कने सम्भावना हुने नेपाल ग्यासले जनाएको छ ।

ग्यास लिक भएमा यी कुरामा ध्यान दिनोस्–
१. पहिले रेगुलेटर र चुलोको नब बन्द गर्नुहोस् ।
२. आगोको स्रोतहरू जस्तै : मैनबत्ती, दियो, धूप, सलाई आदि नबाल्नुहोस्, निभाउनुहोस् ।
३. झिल्का आउने वस्तु जस्तै : बिजुलीका उपकरणहरू, स्वीच आदि कुनै हालतमा पनि नचलाउनुहोस् ।
४. झ्याल र ढोका खुला राख्नुहोस् ।
५. रेगुलेटर छुटाएर सिलिन्डरको भल्बमा सेफ्टी क्याप लगाई सिलिन्डर खुला ठाउँमा राख्नुहोस् ।
६. तुरुन्त आफ्नो नजिकको ग्यास विक्रेता वा प्लान्टमा सम्पर्क गर्नुहोस् ।

(नेपाल ग्यासद्वारा जारी सेफ्टी टिप्स)

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *