Home  
Janahit Voice

संसद् अवरोध हटाउन सभामुख र प्रधानमन्त्रीबीच छलफल

१ भाद्र २०८०, शुक्रबार

काठमाडौँ- झन्डै एक महिनादेखि अवरुद्ध संसद खुलाउन सभामुख देवराज घिमिरेले सक्रियता बढाएका छन्।

सभामुख घिमिरेको सचिवालयका अनुसार जारी सदनको अवरोध खुलाउने विषयमा सभामुख घिमिरे र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा छलफल भइरहेको छ।

सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले संसद बैठक अवरुद्ध गर्दै आएको छ।

सदन अवरोध भएपछि सभामुख घिमिरेले प्रधानमन्त्रीसँग एकल र समूहगत गरी पाँच पटक छलफल गरिसकेका छन् । त्यस्तै सभामुख घिमिरे र राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिनाले राष्ट्रपति रामचन्द्र पौडेलसँग यस विषयमा छलफल गरेका थिए ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *