Home  
Janahit Voice

एनआरएनएको ११ औं विश्व सम्मेलन राष्ट्रपति पौडेलले उद्घाटन गर्ने

१ भाद्र २०८०, शुक्रबार

काठमाडौँ- आगामी अक्टोबरमा तय भएको गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११ औं विश्व सम्मेलन राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गर्ने भएका छन् ।

एनआरएनएका कार्यकारी अध्यक्षद्वय डा बद्री केसी र कुल आचार्यसहितको टोलीले राष्ट्रपति रामचन्द्र पौडेलसँग बिहीबार भेटेर सो सम्मेलनको उद्घाटन सत्रका लागि निमन्त्रणा दिएका हुन।

सङ्घको ११ औँ महाधिवेशन तथा विश्व सम्मेलन अक्टोवर १७ देखि २० सम्म काठमाडौँमा हुँदैछ ।

भेटका अवसरमा सङ्घका अध्यक्ष डा केसीले सम्मेलनको तयारी बारे राष्ट्रपतिलाई जानकारी गराएका थिए । पौडेलले सो सम्मेलनमा उपस्थित हुने प्रतिबद्धता जनाएका थिए ।

सोही अवसरमा सङ्घका अध्यक्ष कुल आचार्यले गैरआवासीय नेपालीलाई नागरिकता प्राप्तिको लागि मार्ग प्रशस्त गरेकोमा धन्यवाद व्यक्त गरे ।

उनले हाल निर्माण भइरहेको नियमावलीलाई एनआरएनमैत्री बनाउने प्रयासमा विभिन्न चरणमा सरकारसँग छलफल भइरहेको जानकारी दिए ।

अध्यक्ष आचार्यले यथाशक्य छिटो उक्त नियमावली ल्याउनका लागि पहल गरिदिन समेत राष्ट्रपति समक्ष अनुरोध गरे । यसैबीच सङ्घको विश्व सम्मेलन नजिकिएसँगै एनआरएनएह?को काठमाडौँमा चहलपहल बढेको छ ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *