Home  
Janahit Voice

न्याय सम्पादनमा एकरुपता ल्याउन न्यायीक सम्मेलन गर्दैछौँ: उपप्रमुख डंगोल

१७ चैत्र २०७९, शुक्रबार

काठमाण्डौँ- काठामाण्डौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोल स्थानिय तहमा हुने न्याय सम्पादनमा ल्याउन जरुरि रहेको बताएकी छन। बुधबारदेखि शुरु भएको न्यायिक समीतिको राश्ट्रिय सम्मेलनलाइ सम्बोधन गर्दै उपप्रमुख डंगोलले न्यायिक समीतिलाइ संस्थागत गर्नुपर्ने आवश्यकता रहेको बताइन। उनले न्यायिक समीतिको सशक्तिकरणको आवाजलाइ बुलन्द बनाउनुपर्नेमा जोड दिइन। उनले सम्मेलनलाइ राश्ट्रव्यापि बनाउँनुपर्ने वताउदै न्यायिक समीति सन्चालनका लागि उपाध्यक्ष, उपप्रमुखले मात्रै नभई सबै सदस्यहरुलेपनि उतिकै महत्व हुने वताइन। “उपप्रमुख डंगोलले भनिन बिगतमा स्थानिय निकाएलाइ दिएको अधिकारभन्दा पनि संबिधान आएपछि न्यायिक समितीलाइ दिइएको अधिकार अझ कटौति भएको छ। स्थानिय स्तरमा न्याय उत्पादन सम्बन्धीका प्रचलित कनुनहरु रहेपनि न्युन र संकीण छ्न। उनले न्यायीक समितीको काम र कारबाहिलाइ थप प्रभाकारी बनाउनुपर्ने आबश्यकता औँल्याउदै समितीका सदस्यहरुको क्षमता विकाशका लागी संघ, प्रदेश, सरकारको कदम चाल्नुपर्ने आबश्यकता रहेको बताइन। २ दिनसम्म चल्ने यो सम्मेलनमा देशभरका ७५३ ओटा न्यायिक समितीका संयोजक सदस्यहरुको उपस्थिती रहेको छ। संम्मेलनमा न्यायिक समितीको अवधारणा कानुनमा भएको न्यायिक समिती सम्बन्धि ब्यवस्था, न्याय, सम्पादनमा न्यायिक समितीको क्षेत्राधिकार र यसको प्रचलन विवाद निरुपणमा अपनाइने न्यायिक कार्यबिधि स्थानिय विवाद समाधानमा मेलमिलाप प्रक्रिया र यसको प्रवर्धन,न्यायिक समितिले गर्ने न्यायिक निणय र यसका लागि अनिवार्य रुपका पालना,मिलापत्र र निणयको प्रभाबकारि कार्यन्वन सुनिश्चित गर्न आवश्यक संथागत प्रबन्धलगायतका विषयमा प्रस्तुति तथा छलफलहरु हुनेछन

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *