Home  
Janahit Voice

दुई प्रदेशमा भारी वर्षा र अन्यमा मध्यम वर्षाको सम्भावना

१ भाद्र २०८०, शुक्रबार

मौसम पूर्वानुमान् महाशाखाका अनुसार आज दिउँसो गण्डकी प्रदेशका एकदुई स्थान र राति कोशी र गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पूर्वानुमान् छ।
न्यूनचापीय रेखा अहिले भारत नजिक रहेकाले नेपालमा एकाध स्थानबाहेकमा हल्कादेखि मध्यम वर्षाको मात्रै सम्भावना छ।

अहिले पनि गण्डकी र बागमती प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ।
दिउँसो देशभर आंशिकदेखि सामान्य बदली भई पहाडी भू-भागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

कोशी, मधेश र लुम्बिनी प्रदेशका तराईका थोरै स्थानहरूमा हावा-हुरीको समेत सम्भावना रहेको मौसम पूर्वानुमान् महाशाखाले जनाएको छ। काठमाडौं उपत्यकामामा पनि दिउँसो हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

राति कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको

महाशाखाका अनुसार वर्षा कम भएपछि तराईका भूभागहरूमा तापक्रम बढेको छ। हिजो जनकपुरको तापक्रम ३६ डिग्री सेल्सियस पुगेको थियो। विराटनगर, सिमरा, नेपालगञ्ज लगायतका भूभागरहरूमा गर्मी महशुस गरिएको छ।

काठमाडौं उपत्यकामा औसत तामक्रम २८ देखि ३० डिग्री रहनेछ।

वर्षा हुने स्थानहरूमा जलसतह बढ्ने, बाढी, पहिरोको सम्भावना रहने हुँदा सतर्कता अपनाउन मौसम पूर्वानुमान् महाशाखाले अनुरोध गरेको छ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *