Home  
Janahit Voice

अनुहार चम्काउने फेस प्याक

१ भाद्र २०८०, शुक्रबार

काठमाण्डौं-स्याउ छालाका लागि एकदमै फाइदाजनक हुन्छ । यसले ड्यामेज हुन लागेका सेलहरुलाई मर्मत गर्ने काम गर्छ । जसले गर्दा अनुहारमा ग्लो आउन थाल्छ ।

सबैभन्दा पहिला स्याउलाई मिक्सरमा पिस्नुहोस् । त्यसपछि यसमा एक चम्चा दही र आधा चम्चा कागतीको रस मिसाउनुहोस् । यसलाई अनुहारमा लगाउनुहोस् ।

यदि छाला सुख्खा छ भने तपाईं यो फेस प्याकमा एक चम्चा ग्लिसरीन र गुलाब जल मिसाएर लगाउनुहोस् । यसलाई केहीबेर अनुहारमा लगाउनुहोस् र धुनुहोस् ।

यदि छाला एकदमै संवेदनशील छ भने तपाईंले सबैभन्दा पहिला स्याउलाई पानीमा उमालेर म्यास गर्नुहोस् । अब यसमा केरा र एक चम्चा नौनी मिसाएर अनुहारमा लगाउनुहोस् ।

यदि छाला सामान्य छ भने तपाईं स्याउको पेस्टमा एक चम्चा अन्डाको सेतो भाग, एक चम्चा दही र आधा चम्चा ग्लिसरीन मिसाएर अनुहारमा लगाउनुहोस् ।

स्याउबाट तयार गरेको फेसप्याक लगाउनाले छालाका पोर्सहरु सफा हुन्छन् र अनुहारमा मोइस्चर बनिरहन्छ । यसबाहेक अनुहारमा दागधब्बा पनि कम हुन्छन् ।

स्याउको पेस्टमा अनारको जुस मिसाएर लगाउँदा छालामा निखार आउँछ । यसको लाभ लिनका लागि मालिस पनि गर्नुहोस् ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *