Home  
Janahit Voice

चार्टर्ड विमानबाट नेपाल आए २ सयभन्दा बढी बंगलादेशी पर्यटक

१ भाद्र २०८०, शुक्रबार

काठमाडौँ — दुई सयभन्दा बढी बंगलादेशी पर्यटकहरू चार्टर जहाजबाट नेपाल भ्रमणका लागि आएका छन् । शुक्रबार दिउँसो २ सयभन्दा बढी बंगलादेशी नागरिकको टोली नेपाल भ्रमणका लागि आएको हो ।

बंगलादेशबाट एकसाथ यति धेरै पर्यटक नेपाल आएका हुन् । आज र भोलि गरेर बंगलादेशबाट करिब सात सय पर्यटकहरू नेपाल आउने बताइएको छ ।

यसरी जहाज चार्टर्ड गरेर नेपाल आउने बंगलादेशी पर्यटकलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पञ्चेबाजासहित स्वागत गरिएको छ।

नेपाल आउने बंगलादेशी पर्यटकलाई नेपालको सम्राट टुर एन्ड ट्राभल्स प्रालिले ‘ग्राउन्डह्यान्डलिङ’ गरेको छ। उक्त कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सिएन पाण्डेका अनुसार बंगलादेशबाट उडानमार्फत नेपाल आउन लागेको उक्त टोली हालसम्मकै ठूलो हो।

राजधानी ढाकामा रहेको माउन्टेन क्लबमार्फत बंगलादेशी पर्यटक नेपाल आउन लागेका हुन्। यसले नेपालको पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण सहयोग पुग्ने बताइएको छ। एउटै कम्पनीमार्फत ठूलो समूहमा बंगलादेशी पर्यटक भित्रिन लागेको यो पहिलोपटक हो।

पछिल्लो तीन वर्षयता बंगलादेशबाट नेपाल आउने पर्यटकको संख्या निरन्तर बढिरहेको बताए ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *