Home  
Janahit Voice

कोशी प्रदेश : मुख्यमन्त्री थापाले ४ गते विश्वासको मत लिने

१ भाद्र २०८०, शुक्रबार

विराटनगर- कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले भदौ ४ गते प्रदेश सभामा विश्वासको मत लिने भएका छन्।

मुख्यमन्त्री थापाले भनेभदौ ३ गते विश्वासको मत लिने समय निर्धारण गर्दै संसद सचिवालयमा निवेदन दिएका थिए ।

उनले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम नियुक्त मुख्यमन्त्री उद्धव थापाले प्रदेश सभा नियमावली २०७४ (पहिलो संशोधन सहित को नियम १२८ को उपनियम (१) र (२) बमोजिम विश्वासको मत प्राप्त गर्ने प्रस्ताव सम्बन्धी सूचना दिएका थिए ।

सभामुखका भूमिकामा रहेकी उपसभामुख सिर्जना दनुवारले ४ गतेको समय दिएको मुख्यमन्त्री थापाले जानकारी दिए ।थापा साउन १६ गते दोस्रोपटक मुख्यमन्त्री नियुक्त भएका थिए।

मुख्यमन्त्री बनेको ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ। सोहीअनुसार मुख्यमन्त्री थापाले सोमबार विश्वासको मत लिन लागेका हुन्।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *