Home  
Janahit Voice

प्रधानमन्त्रीद्वय नेपाल र भट्टराईमाथि कीर्तेमा बयान वा छानबिन केही नहुने

पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र बाबुराम भट्टराईसँग बयान लिने तयारी
१ भाद्र २०८०, शुक्रबार

काठमाण्डौं – ललितानिवास प्रकरणमा पूर्व प्रधानमन्त्रीद्वय माधव नेपाल र डा. बाबुराम भट्टराईमाथि कीर्ते सम्बन्धमा छानबिन वा बयान केही पनि नहुने भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारमा मुद्दा नचलाएको र कीर्ते गरेको पुष्टि हुने ठोस आधार नभेटिएकाले बयान वा कागज गराउन समेत आवश्यक नभएको निष्कर्षमा सीआईबी पुगेको उच्च स्रोतले जनाएको छ।

उच्च स्रोतका अनुसार पूर्वप्रधानमन्त्री हरूमाथि अख्तियारले भ्रष्टाचारमा मुद्दा चलाएको छैन । अहिले कीर्तेमा अनुसन्धान भइरहेको हो । उहाँहरूले नै कीर्ते गरेको भन्ने ठोस आधार पनि नदेखिएको बताइएको छ।

सर्वोच्च अदालतले ललितानिवास प्रकरणको छानबिन पिरामिड शैलीमा गर्न आदेश दिएपछि दुई पूर्व प्रधानमन्त्रीमाथि पनि अनुसन्धान गर्न दबाब दिएको थियो ।

तर, डा. भट्टराई र नेपालसँग बयान वा कागज केही नगरी सीआईबीले प्रतिवेदन तयार पार्न शुरू गरेको छ ।

सम्भव भएसम्म आजै, नत्र आइतवारसम्ममा प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाउने सीआईबीको तयारी छ ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *