Home  
Janahit Voice

धरानमा गोरु काटी भोज र प्रचण्डीकरण

३ भाद्र २०८०, आईतवार

सम्पादकिय, काठमाण्डौं

गत साता सामाजिक संजालमा एउटा भिडियो क्लिप पोष्ट गरिएको थियो, जसमा केहि मानिसहरु बोल्दै केहि खांदै गरेको देखिन्छ। सोहि समुहको एक युवतिले “अब गाईको मासु खाईयो संविधान पनि संसोधन गर्नु पर्छ” भन्छिन भने अर्का एक ब्यक्ति “गाईको होईन गोरुको…” भन्दै गरेको देखिन्छ।

यो भिडियोले के सन्देश दिन खोजेको हो हाम्रो समाजलाई, उक्त भिडियो सार्वजनिक भए लगत्तै राष्ट्रिय प्रजातन्त्र पार्टीले उक्त गतिविधीको घोर निन्दा गर्दै विज्ञप्ति जारि गरेको छ। उक्त विज्ञप्तीमा पहिचानवादीको पक्षधरहरुले धरानमा गोरु काटेर भोजको आयोजना गरेको भनि आपत्ति जनाएको छ। रा प्र पा का प्रवक्ता मोहन कुमार श्रेष्ठले विज्ञप्ति जारि गर्दै धरानमा गोरु काट्नु, भिडियो बनाउनु र सामाजिक संजालमा पोष्ट गर्नु दुखद रहेको बताएका छन।

सामाजिक सदभाव खलबलाउने गरि भएका त्यसता गतिविधी प्रति राप्रपाको गम्भिर ध्यानाकर्षण भएको जनाईएको छ। आपसी एकता सदभाव र धार्मिक सहिसुष्णता नेपालको पहिचान भएको उल्लेख गर्दै सदियौं देखि कायम रहेको नेपालको सामाजिक, धार्मिक सदभाव र एकतामा आंच आउन दिन हुन्न भन्नेमा राप्रपा प्रष्ट भएको जनाईएको छ। उक्त घटनाको विषयमा गम्भिर बन्न र आवस्यक तदारुकता देखाउन सरकारको गम्भिर ध्यानाकर्षण गराएको छ।

त्यसै गरि राप्रपा नेता रबिन्द्र मिश्रले पनि सामाजिक संजालको आफ्नो फेसबुको पेजमा उक्त कार्य विरुद्ध आफ्नो धारणा व्यक्त गरेका छन। उनले आपत्तिजनक र दुखद भन्दै “हिन्दुहरुको आस्था र विश्वास माथि आघात पर्ने गरि धरानमा गोरु काट्ने र सामाजिक संजालमा भिडियो पोष्ट गर्दै विद्वेष पैदा गर्ने घटनालाई आपत्तिजनक भन्दै राप्रपा दुख ब्यक्त गर्दछ।”

Janahit Voice

“सामान्य समाजमा सामान्तया मध्य दक्षिणपन्थी र मध्य वामपन्थी नागरिकहरुको बाहुल्य हुन्छ। यी दुबै पक्षलाई बढी उत्तेजित तुल्याउने या दानवीकरण गर्ने काम भयो भने त्यसले अतिवादलाई जन्म दिन्छ।”

“पूर्णत प्रचण्डीकरण भएको नेपाली नागरिक समाज र राजनितीमा मध्य दक्षिणपन्थीहरुलाई अत्त्याधिक खिसीट्युरी गर्ने, हिस्याउने दानवीकरण गर्ने, उत्तेजित गर्ने तुल्याउने कार्य निरन्तर रुपमा भईरहेको छ। यसले कसैको हित गर्दैन। अतिवादलाई मात्र जन्म दिन्छ। जान्ने सुन्नेहरुले बुझ्ने प्रयास गरुन।”

उक्त भिडियोमा नेपाल पत्राकार महासंघ सुनसरीका अधक्ष्य एंव केहि पत्रकारहरु समेत मासु खांदै गरेको देखिन्छ। जनजाति संस्कृति संरक्षण पक्षमा लागेका अभियन्ताहरु समेत सो भोजमा सामेल रहेको उक्त भिडियोमा देख्न सकिन्छ।

उक्त भिडियोमा नेपाल पत्राकार महासंघ सुनसरीका अधक्ष्य एंव केहि पत्रकारहरु समेत मासु खांदै गरेको देखिन्छ। जनजाति संस्कृति संरक्षण पक्षमा लागेका अभियन्ताहरु समेत सो भोजमा सामेल रहेको उक्त भिडियोमा देख्न सकिन्छ।

Janahit Voice
Photo Source https://thahayatra.com/10008/

नेपालको संविधान धारा ९ उपधारा ३ मा नेपालको राष्ट्रिय जनावरको रुपमा गाईलाई राखिएको छ। त्यसतै मुलुकी अपराध सहिंता ऎन २०७४ भाग २ परिच्छेद २७ मा गाई गोरु काटी खान हुन्न भनेर उल्लेख गरिएको छ। गाई गोरु काटी अगंभगं भएमा उक्त गर्ने निजलाई ६ महिना सम्मको कैद र पचासहजार रुपैंया सम्मको जरिवानाको व्यवस्था मुलुकी अपराध संहिताले गरेको छ।

यता, जिल्ला प्रहरी कार्यलय सुनसरीका प्रहरी उपरिक्षक प्रभु ढकालका अनुसार उक्त भिडियोको सन्दर्भमा आवश्यक प्रमाणहरु संकलन गर्ने कार्य भईरहेको र दोषि देखिएको जो कोहिलाई पनि कानुनी दायरा भित्र ल्याई सजाय दिलाउने भन्दै गर्दा उता, धरानमा गरिएको उक्त भोजको सन्दर्भमा अनलाईन मिडियाहरुमा फोटो सहित समाचार्हरु संप्रेषण भईसकेको छ। धरान उपमहानगरपालिका ११ स्थित मगंलवारे चोकमा आदिवासी जनवादी महासंघ धरान उपमहानगर समिती, सांस्कृतिक अधिकार संरक्षण मंच लगाएतका आदिवासी संबन्धि संघसंस्थाहरुको आयोजनामा करिव २०० जनाको सहभागितामा उक्त भोजको कार्यक्रम समपन्न गरिएको पाईएको छ।

गत श्रावण ९ गते गोरुको मासुसहित धरान बाट पक्राउ परेका विन्द कुमार राई र राजकुमार परियार रिहाई भएको उपलक्ष्यमा एंव धर्म निरपेक्षताको निती विपरित ऎन कानुनहरु खारेज गर्ने अभियानको रुपमा उक्त प्रतिरोध भोजको आयोजना गरिएको पाईएको छ। उक्त गोरु मासु भोजमा उपस्थित भएका सबैले गोरुको मासु सहित पक्राउ परेका द्वव राई एंव परियार रिहाई भएको खुसियालीमा सार्वजनिक स्थानमा नैं गोरु काटेर मासु खुवाई स्वागत तथा बधाई दिएको जनाईएको छ।

के मिश्रले भनेको जस्तै प्रचण्डीकरण भएको समाज निर्माण भईरहेको हो त? १०० करोड चानचुन आवादि भएको भारतमा अहिले हिन्दु मुस्लिमको मुद्दा विश्व मै टाउको दुखाईको विषय बनेको जस्तै जाबो ३ करोडको वरपर रहेको सुखि समपन्न देश नेपाल मै पनि सोहि अभ्यास गर्ने परिपंच त गरिदै छैन? हेक्का रहोस, समाजमा भएको यो विचलन विरुद्ध सरोकारवालाहरुले नैतिक जिम्मेवारी लिंदै समस्याको समाधान तर्फ उन्मुख हुनै पर्छ र अहिले यो नै राष्ट्रिय मेलमिलापको आवश्यक मुद्दा हो।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *