Home  
Janahit Voice

मकवानपुरमा खोलाले बगाएर बालिकाको मृत्यु

४ भाद्र २०८०, सोमबार

हेटौंडा – मकवानपुरमा खोलाले बगाउँदा एक बालिकाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा कैलाश गाउँपालिका वडा नम्वर–१० निवासी सुमनसिंह स्याङ्तानको छोरी ४ वर्षकी प्रमिसा स्याङ्तान रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रमिसा आइतबार साँझ साथीहरुसँग पौडी खेल्न गएकी थिइन् । पौडी खेल्ने क्रममा उनलाई खोलाले बगाएको र घटनास्थलमा नै मृत्यु भएको बताइएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *