Home  
Janahit Voice

बागलुङमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु

४ भाद्र २०८०, सोमबार

बागलुङ – बागलुङमा आइतबार राती मोटरसाइकल दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ। मृत्यु हुनेमा २८ वर्षीय गणेश परियार रहेका छन।

नरेठाँटीबाट हटिया बजार आउँदै गरेको ग ८ प १२२५ नम्बरको मोटरसाइकल आइतबार राती गलकोट नगरपालिका–३ हटियाको बतासेडाँडामा दुर्घटना हुँदा हटिया बजारका २८ वर्षीय गणेश परियारको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय गलकोटले जनाएको छ ।

मृत्तक परियार हटिया बजारस्थित गलकोट मोटरसाइकल रिपेरिङ सेन्टरका सञ्चालक हुन्। परियारको शव पोष्टमार्टमको लागि गलकोट नगर अस्पतालको शव गृहमा लगिएको प्रहरीले जनाएको छ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *